हाेली पर्वमा प्रचण्डको शुभकामना

मूलखबर संवाददाता
काठमाडौं

आज हाेली पर्व । रङहरूकाे पर्वकाे रूपमा मनाइने हाेली नेपालकाे सन्दर्भमा पहाड र तराईमा फरक फरकलदिन हाेली मनाइन्छ । पहाडमा आज र तराईमा भाेली हाेली मनाइन्छ ।

हाेली पर्वकाे अवसरमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ ।

प्रचण्डले हाेलीले अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्नसकाेस् भन्ने शुभकामना दिनुभएको छ ।

होली पर्वको शुभकामनाकाे पुर्ण पाठ- 

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सास्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् । होली पर्वको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।