संविधान संशोधनको लागि कांग्रेस एमालेले बनाए कार्यदल

मूलखबर संवाददाता
काठमाडौं, ३ फागुन

सत्तारुढ प्रमूख दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेका छन्।
शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सो निर्णय गरेको हो। बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने र त्यसले देशैभरि अन्तर्क्रिया गर्ने निर्णय गरेको गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

निर्णय कार्यन्वयनको लागि आज सत्तापक्षीय दलहरूको बैठक बोलाइएको छ। संविधान संशोधनका लागि कार्यादल बनाउने कुरा भयो। कार्यदलले देशभरि संयुक्त अन्तर्क्रिया गर्ने कुरा भयो।’

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन मुस्किल परिरहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए।

साथै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित थिए।