कांग्रेस एमालेले पालिका तहमा पनि संयन्त्र बनाउने

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेपाली कांग्रेस र एमालेले पालिका स्तरमा पनि संयुक्त संयन्त्र बनाउने भएका छन् ।

सरकारको कामकारबाहीलाई सहजीकरण गर्न भन्दै सत्तारूढ कांग्रेस र एमालेले तीन महिनाअघि केन्द्रमा गठन गरेको राजनीतिक संयन्त्रलाई प्रदेश र जिल्ला तहमा समेत विस्तार गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमतिमा सातै प्रदेश र विभिन्न जिल्लामा पनि गठन गरिएका यस्तो संयन्त्र संविधान र कानुनले नचिन्ने संविधानविद्ले बताएका छन् ।  अब स्थानिय तहमा पनि द्विदलीय संयन्त्र गठन गर्ने कांग्रेस र एमालेको तयारी छ ।