
खानेपानी मन्त्रालयमा आगलागी, मन्त्रीकाे कार्यकक्ष पुरै जल्याे
सिंहदरबारस्थित खानेपानी मन्त्रीकाे कार्यकक्षमा आगाे लागेकाे छ । खानेपानी मन्त्रालयमा रहेको मन्त्रीकाे कार्यकक्षमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।
सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।
आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ ।
