
प्रधानमन्त्री टिकटकरसँग गफ गरेर बस्ने, सचेतकले पत्रकारलाई ढाँट्ने ?
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली संसद बैठकमा नआएर टिकटकरसँग भेटेर घरै बसेकाे विषय सार्वजनिक भएपछि सर्वत्र आलोचना भयाे ।
तर नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले साे विषयलाई ढाँटेर मिडियालाई उल्लु बनाएका छन् ।
उनले सञ्चारकर्मीकाे प्रश्नको जवाफ दिँदै प्रमुख प्रतिपक्षी दलको नेताले संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी भएपनि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।
प्रचण्डले ओलीले सार्वभौम संसदलाई अपमान गरेको बताएका थिए । ओलीले संसद बैठकमा अनुपस्थित भएर टिकटकर मिस पविसहित दुइजनालाई भेटेर महत्त्वपूर्ण काममा व्यस्त भएको भन्दै तस्बिर र स्टाटस सार्वजनिक गरेका थिए ।
