यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सांसद उर्मिला माझीले संसदमा साेधिन् – सरकार कहाँ छ ? सांसद उर्मिला माझीले संसदमा साेधिन् – सरकार कहाँ छ? मूलखबर संवाददाता काठमाडौं, २४ माघ प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न साेधेकी छिन् । उनले जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीकाे संरक्षणमा लागेकाे बताएकी छिन् ।. प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा शून्य समयमा बाेल्दै माओवादी सांसद माझीले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गाैरवका आयोजना अलपत्र परेकाे बताइन् । उनलेे भनिन् – पृथ्वी राजमार्ग विस्तारकाे नाममा मुग्लिन नाैविसे सडक खण्ड अस्तव्यस्त छ, सडक वरिपरिका बस्तिहरू धुलाे र धुवाँले पुरै ढाकिएका छन्, ताेकिएकाे समयमा सडक निर्माण सकिने सम्भावना देखिंदैन । यसले गर्दा सडक आसपासका जनता र यात्रुकाे स्वास्थ्यमा गम्भीर समस्या आउने देखिन्छ भने पर्यटकहरू सडक यात्रा गर्न नचाहेको देखिन्छ ।. उनलेे अगाडि थपिन्- ग्वार्काेमा निर्माणाधीन फ्लाइ ओेभर निर्माणमा अख्तियार र कर्मचारीका कारण ठेकदार भागेर निर्माण कार्य अवरुद्ध भएको छ । राष्ट्रिय गाैरवका आयाेजना अलपत्र छन् । सरकार जनसरोकारका विषय छाडेर भ्रष्टाचारीकाे संरक्षण गर्नेगरी जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ ।. उनलेे राजमार्ग निर्माणकाे काम छिटाे सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विराेधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेकाे विषयमा जवाफ दिन सभामुखमार्फत सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।.
सांसद उर्मिला माझीले संसदमा साेधिन् – सरकार कहाँ छ ?
मूलखबर संवाददाता
काठमाडौं, २४ माघ
प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न साेधेकी छिन् । उनले जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीकाे संरक्षणमा लागेकाे बताएकी छिन् ।
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा शून्य समयमा बाेल्दै माओवादी सांसद माझीले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गाैरवका आयोजना अलपत्र परेकाे बताइन् । उनलेे भनिन् – पृथ्वी राजमार्ग विस्तारकाे नाममा मुग्लिन नाैविसे सडक खण्ड अस्तव्यस्त छ, सडक वरिपरिका बस्तिहरू धुलाे र धुवाँले पुरै ढाकिएका छन्, ताेकिएकाे समयमा सडक निर्माण सकिने सम्भावना देखिंदैन । यसले गर्दा सडक आसपासका जनता र यात्रुकाे स्वास्थ्यमा गम्भीर समस्या आउने देखिन्छ भने पर्यटकहरू सडक यात्रा गर्न नचाहेको देखिन्छ ।
उनलेे अगाडि थपिन्- ग्वार्काेमा निर्माणाधीन फ्लाइ ओेभर निर्माणमा अख्तियार र कर्मचारीका कारण ठेकदार भागेर निर्माण कार्य अवरुद्ध भएको छ । राष्ट्रिय गाैरवका आयाेजना अलपत्र छन् । सरकार जनसरोकारका विषय छाडेर भ्रष्टाचारीकाे संरक्षण गर्नेगरी जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ ।
उनलेे राजमार्ग निर्माणकाे काम छिटाे सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विराेधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेकाे विषयमा जवाफ दिन सभामुखमार्फत सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।