सानदार मःम सेन्टरमा सिलिण्डर विष्फोट, ११ जना घाइते
काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा सिलिण्डर बम विष्फोट हुँदा ११ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको हो ।
भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको उहाँको बताउनुभयो ।
