
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे अध्यक्षमा पुन: काफ्ले
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले पुन सर्वसम्मत चयन भएका छन् ।
पोखरामा आइतबार सम्पन्न सेन्टरको तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना चयन भएका छन्।
साथै महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भए ।
त्यसै गरी सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, विमल आचार्य, फणिन्द्र अधिकारी, रवी दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहइन्चार्ज हरि अधिकारीलगायतका नेताहरू, गण्डकी प्रदेश अन्तरगतका जिल्ला ईन्चार्जहरू, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरू निर्मल ज्ञवाली, लक्ष्मण खड्का, महासचिव सन्ताेष पाैडेललगायतले सम्वाेधन गरेका थिए ।
