
रास्वपा सभापति लामिछानेलाई चितवनमा पनि मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेलाई चितवनमा पनि मुद्दा दर्ता भएको छ ।
सहकारी ठगी आराेपमा पक्राउ गरिएका लामिछानेलाई काठमाडौं, कास्की, रूपन्देही पछि चितवनमा पनि मुद्दा दर्ता गरिएको हाे । अहिलेसम्म धराैटीमा रिहा भइरहेका उनलाई चितवनमा पनि मुद्वा लगाइएको हाे ।
उनलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।
