यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सभामुखले बलमिच्याई गरेपछि रास्वपा सांसदद्वारा संसद बैठक बहिष्कार. मूलखबर संवाददाता काठमाडौं, १८ माघ । पाँच महिनापछि शुरु भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो भनाई राख्न नपाएपछि रास्वपा सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन् ।. सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।. उनीहरुले सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई गरेको निलम्बन फकुवा गर्न माग गरेका थिए । तर सभामुखले सो नमानेपछि उनहीहरुले आफ्नो करा राख्न माग गरेका थिए । सभामुखले नियमित प्रक्रियामा दलीय आधारमा समय दिने जवाफ दिएपछि उभिएर अवरोध गरेका उनीहरु अन्ततः बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।.
सभामुखले बलमिच्याई गरेपछि रास्वपा सांसदद्वारा संसद बैठक बहिष्कार
मूलखबर संवाददाता
काठमाडौं, १८ माघ ।
पाँच महिनापछि शुरु भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो भनाई राख्न नपाएपछि रास्वपा सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।
उनीहरुले सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई गरेको निलम्बन फकुवा गर्न माग गरेका थिए । तर सभामुखले सो नमानेपछि उनहीहरुले आफ्नो करा राख्न माग गरेका थिए । सभामुखले नियमित प्रक्रियामा दलीय आधारमा समय दिने जवाफ दिएपछि उभिएर अवरोध गरेका उनीहरु अन्ततः बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।