प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशमा लक्ष्मण दर्नालकाे नेतृत्वमा समिति
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । ४ जना मनाेनित गरिएका छन् ।
समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला उपाध्यक्ष बिजय फुयाल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा बिमल खड्का निर्वाचित भएका छन् ।
समितिकाे सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा घिमिरे, जनजाति सचिव प्रेम कुमार श्रेष्ठ, मधेसी सचिव रमिता यादव, खुला सचिव इश्वर बिश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा कृष्ण सिसाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, बिरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रुपमा चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्नि प्रसाद सापकोटा प्रमुख अतिथिको रूपमा रहेका थिए । उनले वर्तमान सरकार भ्रष्टाचारकाे जगमा बनेकाले जनआलाेचनाबाट डराएर सामाजिक सञ्जाल नपयमन विधेयकमा जनविरोधी प्रावधान राखेकाे बताए । उनलेे सरकार आफैं ढल्न लागेकाे बताउँदै सरकारसँग नैतिक धरातल बाँकी नरहेकाे बताए ।
कार्यक्रममा निवर्तमान सञ्चार सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकराले ल्याएको विधेयकमा भएको व्यवस्था जनविरोधी र नागरिकको हक कुण्ठीत गर्ने खालको भएकोले आफूहरुले संसदमै विरोध गर्ने बताएकी थिइन् ।
त्यसैगरी प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले सरकारले नागरिकको वाक तथा अभिव्यक्तिमाथि अंकुश लगाउने गरी सामाजिक सञ्जाल नियमन विधेयक दर्ता गराएकोमा संगठनले विरोध गरेको र फिर्ता नगरेमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरु लक्ष्मण खड्का र विदुर खड्काले समेत शुभकामना व्यक्त गरेका थिए ।