अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा विजय, महासचिवमा रोशन, अरु कोको भए निर्वाचित ?
अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा विजय शर्मा सापकोटा विजयी बनेका छन् । आज सम्पन्न मतगणनाको परिणाम अनुसार सापकोटाले अध्यक्षमा वियी हुँदा महासचिवमा रोशन थापामगर विजयी बनेका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन् ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो । सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो
अखिल (क्रान्तिकारी) को कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् । बुधबार विहान सम्पन्न मतगणना अनुसार खुशीले खुशीले ५९६ मत ल्याएर विजयी भएकी हुन् ।
विश्वविद्यालय र उपत्यका विशेषको बुधवार सम्पन्न मतगणना भएको छ ।
त्यसैगरी सचिव खुलामा सम्झना राई, प्रैम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका अनुसार सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । यस्तै सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । समग्र सचिवमा उपकोटी नै सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।
सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।