
अदालतमा बिहान १० बजे हाजिर हुनेगरी लामिछाने रिहा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बिहीबार विहान १० बजे अदालतमा उपस्थित हुने गरी रूपन्देही अदालतले छाडिदिएकाे छ ।
बुधबार विहान आफैं अदालतमा हाजिर भएका उनलाई बिहीबार विहान १० बजे पुनः हाजिर हुने सर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश दिएको छ ।
बुधवार बिहान अदालतमा उपस्थित हुन मंगलवार नै काठमाडौंबाट भैरहवा आइपुगेका लामिछाने विहान साढे ९ बजे अदालतमा उपस्थित भएका थिए ।
अदालतको गोलाप्रथाबाट ५ नम्बर इजलासमा परेका उनको बयान न्यायाधीश प्रह्लादकुमार योगीको इजालसमा भएको थियो ।
समय अभावका कारण बुधवार थुनछेक बहस हुन नसकेपछि रविलाई कानुन व्यावसायी र श्रीमती निकिता पौडेलको जिम्मा लगाएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
