चर्चित गायिका समिक्षा अधिकारीले भनिन्- रेणु दाहाल अभिभावक जस्तै

मूलखबर संवाददाता
चितवन, ६ माघ

चर्चित गायिका समिक्षा अधिकारीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबारे फेसबुकमा लेखेकाे स्टाटस भाइरल भएको छ ।

आफुविरूद्व भएको याैनहिंसाकाे विरूद्व सम्झौताहिन संघर्ष गरेकी चर्चित गायिका अधिकारीले मेयर दाहाललाई भेटेपछि सामाजिक सञ्जालमा एउटा छाेटाे स्टाटस लेखेकी थिइन् ।

उनलेे रेणु दाहालले साँच्चिकै राम्रो काम गरेकाे बताएकी छिन् । उनलेे दाहाल यत्तिकै सफल हुनुभएको होईन रहेछ, उहाँको काम, स्वभाव र जीवन सबै सम्मान गर्न लायक रहेको बताएकी छिन् ।

उनलेे स्टाटसमा लेखेकी छिन्-

उहाँको कामको चर्चा धेरै सुनेकी थिए। आज उहाँकै निवासमा सविनय भेट गर्ने अवसर जुर्यो।
उहाँ यत्तिकै सफल हुनुभएको होईन रहेछ। पुर्वप्रधानमन्त्रीको छोरी, भरतपुर जस्तो महानगरपालिकाको प्रमुख भईकन पनि थोरै पनि घमण्ड नभएको, अत्यन्तै आत्मिय र मिलनसार। आफ्नै अभिभावकलाई भेटे जस्तै महसुस भयो।
उहाँसंगै भरतपुर पनि घुमियो। आहा! कति सुन्दर बनाउनुभएको छ। एउटी महिलाले पनि सबैको मन जित्ने गरि काम गर्नुभएको आदरणीय दिदि रेनु दाहाललाई धेरै धेरै माया छ।
_ Samikshya Adhikari❤️