यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
राप्रपाले बाेलायाे केन्द्रीय समिति बैठक, के छन् एजेन्डा ? राप्रपाले बाेलायाे केन्द्रीय समिति बैठक, के छन् एजेन्डा? मूलखबर संवाददाता काठमाडौं, ५ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यही माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी बैठक आह्वान गरिएको हो ।. साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।. पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।. वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेतालाई जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिए ।.
राप्रपाले बाेलायाे केन्द्रीय समिति बैठक, के छन् एजेन्डा ?
मूलखबर संवाददाता
काठमाडौं, ५ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यही माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी बैठक आह्वान गरिएको हो ।
साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।
वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेतालाई जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिए ।