यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रधानमन्त्री ओलीकाे नियतमाथी राष्ट्रपति आशंकीत, राेके १ अध्यादेश. मूलखबर संवाददाता काठमाडौं, १ माघ राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी ओलीकाे अध्यादेश ल्याउने नियतमाथी आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक छलेर अध्यादेशमार्फत ४ वटा ऐन तथा विधेयक संशोधन गर्नकाे लागि अध्यादेश जारी गर्न पठाएपछि राष्ट्रपति पाैडेलले साे आशंका व्यक्त गरेको शीतलनिवास श्राेतले बताएको छ ।. मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश’ रोकेपछि साे आशंका पुष्टि भएको छ । यसबारे दुईथरी तर्क आएका छन् । राष्ट्रपतिनिकट स्रोतहरुले भूमिसम्बन्धी अध्यादेशमा केही गम्भीर आशंका जनाएका छन् भने सत्तागठबन्धनका नेताहरुले अध्यादेश रोक्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।. ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका राष्ट्रपतिले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश’ किन रोके भन्ने विषय अहिले चर्चामा छ । यो विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरुबीच सोमबार अनौपचारिक छलफलसमेत भएको थियो ।. सरकारी जग्गा सुकुम्बासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ । तर, राष्ट्रपति कार्यालयकी शैलजा रेग्मी भट्टराईले भने थप अध्ययन आवश्यक भएको बताएकी छन् । प्रधानमन्त्री ओली संसद बैठक छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्न खाेजेकाे भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले विराेध गरिरहेकाे छ भने सत्ता साझेदार दल कांग्रेसका नेताहरूले समेत आलोचना गरिरहेका छन् ।. सरकारले सँगै सिफारिस गरेका चार अध्यादेश जारी गरेर एउटालाई रोकेपछि बालुवाटारमा उच्चस्तरीय संयन्त्रमा रहेका कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपतिकाे कदमबारे गम्भीर छलफल गरेका बालुवाटार श्राेतले बताएको छ ।.
प्रधानमन्त्री ओलीकाे नियतमाथी राष्ट्रपति आशंकीत, राेके १ अध्यादेश
मूलखबर संवाददाता
काठमाडौं, १ माघ
राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी ओलीकाे अध्यादेश ल्याउने नियतमाथी आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक छलेर अध्यादेशमार्फत ४ वटा ऐन तथा विधेयक संशोधन गर्नकाे लागि अध्यादेश जारी गर्न पठाएपछि राष्ट्रपति पाैडेलले साे आशंका व्यक्त गरेको शीतलनिवास श्राेतले बताएको छ ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश’ रोकेपछि साे आशंका पुष्टि भएको छ । यसबारे दुईथरी तर्क आएका छन् । राष्ट्रपतिनिकट स्रोतहरुले भूमिसम्बन्धी अध्यादेशमा केही गम्भीर आशंका जनाएका छन् भने सत्तागठबन्धनका नेताहरुले अध्यादेश रोक्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका राष्ट्रपतिले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश’ किन रोके भन्ने विषय अहिले चर्चामा छ । यो विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरुबीच सोमबार अनौपचारिक छलफलसमेत भएको थियो ।
सरकारी जग्गा सुकुम्बासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ । तर, राष्ट्रपति कार्यालयकी शैलजा रेग्मी भट्टराईले भने थप अध्ययन आवश्यक भएको बताएकी छन् । प्रधानमन्त्री ओली संसद बैठक छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्न खाेजेकाे भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले विराेध गरिरहेकाे छ भने सत्ता साझेदार दल कांग्रेसका नेताहरूले समेत आलोचना गरिरहेका छन् ।
सरकारले सँगै सिफारिस गरेका चार अध्यादेश जारी गरेर एउटालाई रोकेपछि बालुवाटारमा उच्चस्तरीय संयन्त्रमा रहेका कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपतिकाे कदमबारे गम्भीर छलफल गरेका बालुवाटार श्राेतले बताएको छ ।