आफैं हाजिर भएका रास्वपा सभापति लामिछानेलाई पुन हिरासत पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुन: हिरासत पठाइएको छ । कास्की जिल्ला अदालतबाट ६५ लाख धिताे राखेर रिहा भएर आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर भएका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा बहस नसकिएको भन्दै पुनः न्यायिक हिरासत पठाउने आदेश दिइएकाे हाे। बहस नसकिएपछि उनलाई न्यायिक हिरासत पठाइएको हाे।
साेमबार सरकारी वकिल र जोहेरीकर्ता तर्फका वकिलले बहस गरेका थिए । रवि लामिछाने पक्षका वकिलहरुले साेमबार बहस गर्न पाएका थिएनन् । मंगलबार माघे संक्रान्तिका कारण सार्वजनिक विदा भएकाले लामिछाने मंगलबार पनि हिरासतमा रहने भएका छन् । मंगलबार अदालत नखुल्ने भएकाले बुधबार मात्रै थुनछेकको बाँकी बहस हुनेछ । लामिछानेलाई काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीकाे रकम हिनामिनाकाे समेत मुद्वा लगाइएको छ ।