
माओवादी केन्द्रको पदाधिकारी बैठक माघ २ गते बस्ने
प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बेठकको समिक्षा तथा बैठकले लिएका निर्णयहरुको कार्यन्वयनबारे ठोस कार्यविधि निर्माण गर्न बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै सारिएको हो ।
सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार मात्रै बस्ने केन्द्रीय कार्यलयले जानकारी दिएको हो ।
उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।
‘आज बस्ने भनिएको बैठक विविध कारणले बुधबारसम्मका लागि सरेको बताइएको छ । बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।
नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने बताइएको छ।
‘केन्द्रीय समिति बैठकले जिल्ला इन्चार्ज, प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा हेरफेर गर्ने निर्णय गरेको थियो भने राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो ।
