
महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार बडालले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फछर्र्यौट भएको जानकारी दिएका छन् । फछर्र्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको उनले बताएका छन् ।
