इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कँडेल निर्वाचित, को हुन् कँडेल ?
नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कँडेल निर्वाचित हुनुभएको छ । आज वडा नम्बर ७ सिमलढापमा सम्पन्न दोश्रो सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
कँडेल राज्यद्वारा वेपत्ता नागरिक अमृत कँडेलका दाजु हुनुहुन्छ भने जनयुद्धकालमा सैनिकले गिरफ्तार गरी महिनौंसम्म वेपत्ता पारिएर पछि रिहा भएका नेता पनि हुनुहुन्छ । चितवनको बीरेन्द्र बहुमुखि क्याम्पसदेखी पाटन क्याम्पस ललितपुर र सरस्वती क्याम्पस काठमाडौंमा समेत अखिल क्रान्तिकारीको नेतृत्व गर्नुभएका उहाँलाई तत्कालिन सेनाले माओवादी आरोपमा गिरफ्तार गरी भैरवनाथ गणमा चरम यातना दिएको थियो । मुग्लीनका स्थायी बासिन्दा रहेका कँडेल ग्रील तथा स्टील व्यवसायमा समेत संलग्न हुनुहुन्छ । उहाँको सबै परिवार माओवादी पार्टीमा नै आवद्ध हुनुहुन्छ । उहाँको चार दाजुभाइ मध्ये कान्छा भाई अमृत कँडेललाई तत्कालिन सेनाले माओवादी आरोपमा गिरफ्तार गरी हाल सम्म वेपत्ता अवस्थामा हुनुहुन्छ ।
समितिको उपाध्यक्षमा कुमार मगर, राम प्रसाद बोहोरा, तुल बहादुर गुरुङ, सचिवमा पवन गुरुङ, सह–सचिवमा सुशीला चालिसे र कोषाध्यक्षमा ईन्द्र माया मगर चयन हुनुभएको छ । हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न बन्द सत्रबाट ३५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी भट्टराइले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज पूर्वमन्त्री घनश्याम दाहाल, केन्द्रिय सदस्य अर्जुन पाठक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव दोर्ण बाबु सिवाकोटी वागमी प्रदेशसभा सदस्य ईश्वर सापकोटा, इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्यता रहेको थियो । इच्छाकामनाका संयोजक सावित्रा सिलवालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।