
आजको भुकम्प: चिनकाे सिगात्से केन्द्र भएर ७ रेक्टर
काठमाडौंमा ठूलाे धक्का महसुस गरिएको भुकम्पकाे केन्द्र तिब्बत भएको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार चिनकाे तिब्बतको सिगात्से क्षेत्र केन्द्र विन्दु भएर भुकम्प गएको हाे । उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । साथै बंगलादेश, भुटान, भारतका धेरै स्थानमा भुकम्पकाे धक्का महसुस गरिएको थियाे ।
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
