माओवादी केन्द्रले युवा वैज्ञानिक सम्मेलन गर्ने, केन्द्रीय सदस्यसम्मको सम्पत्ति सार्वजनीक गर्ने

मूलखबर संवाददाता
काठमाडौं, २२ पुस ।

नेकपा माओवादी केन्द्रले प्रविधिमा पोख्त य्वाहरुलाई समेटेर युवा बैज्ञानिक सम्मेलन गर्ने योजना बनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको आधुनिक युवा पुस्ताको प्रविधिको ज्ञान, सिप र क्षमतालाई केन्द्रीत गरेर देश विकासमा लगाउन युवा बैज्ञानिक सम्मेलन गर्ने कुरा उल्लेख गरेका हुन् ।
उनले नयाँ पुस्तासँग एआइदेखि इमोसनल इन्टेलिजेन्ससम्का ज्ञानमार्फत देशलाई योदगान गर्ने क्ष्मता रहेको बताउँदै उनीहरुसँग भएको ज्ञानलाई उपयोग गर्नु जरुरी भएको बताएका छन् ।
त्यसैगरी प्रचण्डले पार्टीका सबै नेता कार्यकर्ताले युवाहरुसँग सिक्ने, अन्तरक्रिया गर्ने र पार्टी कमिटिमा युवाहरुलाई समावेश गर्ने विषयमा गम्भीर भएर सोच्न पनि निर्देशन दिएका छन् ।

प्रचण्डले आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने नीतिलाई व्यवहारिक रुपमा अनिवार्य कार्यन्वयन गर्ने योजना ल्यायका छन् । प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, –पार्टी रुपान्तरण भनेका छौँ । केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक छ । पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ । सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याउनु भएको छ । त्यसका लागि फागुन १ गतेसम्मको डेट लाइन दिनुभएको छ । यति मात्र नभई सबै नेताहरूको आयस्रोत के हो रु कसरी बाँचेका छन् भन्ने विवरण दिने प्रस्ताव छ’, उनले जानकारी दिए ।
प्रचण्डले चन्दा उठाएर खाने र कमिसनबाट बाँच्ने प्रवृति बढ्दै गएको भन्दै नेता कार्यकर्ताले अव उत्पादनमा र श्रममा जोडिने नीीत ल्याएका छन् । उनले आचरणमा सुधार ल्याउन पनि निर्देशन दिएका छन् ।