एमाले बैठकमा अध्यक्ष केपी ओलीले पेश गरे ४८ पेजकाे प्रस्ताव , के छ प्रस्तावमा ? (पूर्ण पाठ)

मूलखबर संवाददाता
काठमाडौं, २१ पुस ।

सत्तारूढ दल नेकपा एमालेकाे केन्द्रीय समिति बैठक पनि राजधानीमा शुरू भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यलयमा शुरू भएको बैठकमा अध्यक्ष केपी ओलीले ४८ पेज लामाे राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ। केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

प्रस्तावमा भनिएको छ – राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौं।’ प्रतिवेदनमा अगाडि भनिएको छ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं।’

ओलीले टीआरसी विधेयक पारित भएकोमा खुसि व्यक्त गरेका छन् । प्रतिवेदनमा उनलेे भनेका छन्-  लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक’ लाई संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको छ। यसले ऐनको रुप लिइसकेको छ। पीडितलाई न्याय र पीडकलाई सजाय दिँदै शान्ति प्रक्रियाको यो अन्तिम कामलाई टुङ्गोमा पुऱ्याउन यो महत्वपूर्ण उपलब्धि हो। गठनमा केही ढिलाइ भएको छ। यसले केही अन्यौल पनि सिर्जना गरेको छ।’प्रतिवेदनमा भनिएको छ,‘ऐनको भावना अनुरुप छिटै दुई आयोग गठन होऊन् र लामो समयदेखि न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम लगाउँदै समाजमा दिगो मेलमिलाप, दण्डहीनताको अन्त्य र दिगो शान्तिको आधार तयार गरियोस् भन्ने चाहना नेकपा (एमाले) को रहेको छ।’

हेर्नुस् पुर्ण पाठ

8th CC Report (Political) - readable text_250106_004141