
बिहानै मर्निङवाक गर्दा सावधानी अपनाओैं, प्रदुषण बढिरहेको छ
तपाईं बिहानै मर्निङवाक गर्ने गर्नुभएको छ ? माैसम चिसाे छ, अलि ध्यान दिन जरुरी भएको छ । बिहानै माैसम धेरै खराब छ, हुस्सु र कुहिराेले आकाश र धर्ती ढाक्दै छ । चिकित्सकहरूले बिहानकाे हावामा प्रदुषण धेरै भएको बताएका छन् ।
अहिले बिहान गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
