
सुदुरपश्चिम र कर्णालीमा हिमपात, विस्तारै पुर्व सर्दै वर्षा
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ ।
माैसम विभाग तथा पुर्वानुमान महाशाखाकाे अनुसार गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार भरे बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हिजोदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।
