
एमालेले भिम रावलसहित ३ नेतालाई गर्याे कारवाही, पार्टीभित्र हलचल
नेकपा एमालेले पूर्व उपाध्यक्ष समेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरेको कारबाहीको विषयले पार्टीभित्र हलचल मच्चाएको छ ।
कारबाहीमा परेका केही नेताले एमाले पतनको दिशातर्फ उन्मुख भएको भनेका छन् भने केहीले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको टिप्पणी गरेका छन् ।
भीम रावल दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकको निर्णय सुनाउँदै भने, ‘सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।
