नागरिक लगानी काेष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता

मूलखबर संवाददाता
काठमाडौं, ३ पुस

सरकारकाे स्वामित्व रहेकाे नागरिक लगानी कोष र नीजि कम्पनी आईएमईबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको जानकारी नागरिक लगानी काेषका सञ्चार प्रमुखले जानकारी दिनुभयाे ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको छ।

आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।