विप्लव नेतृत्वको नेकपाले ०८४ काे चुनावमा भाग लिने, मुद्दा फिर्ता प्रमुख सर्त

मूलखबर संवाददाता
कपिलवस्तु, २ पुस

एकीकृत जनक्रान्तिकाे नारासहित निर्वाचन वहिस्कार गरिरहेकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ०८४ सालको आम निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको केन्द्रीय कमिटीको बैठले सो निर्णय लिएको हो ।

तर, निर्वाचनमा भाग लिनका लागि आफ्ना नेताहरूमाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग सो पार्टीले राखेको छ ।

बैठकले आगामी फागुनमा झापा–कञ्चनपुर मार्चापास अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु आफैंले उत्पादन गरेको एकै खालको पोशाक लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।
राजनीतिक दल र नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने अभ्यास अनुकरणीय भएको भनेर प्रसंसा भएको छ ।