एमाले सचिवालय बैठक आज बस्दै, उपचुनावमा हार प्रमुख एजेन्डा
सत्तारूढ दल नेकपा (एमाले) काे सचिवालय बैठक आज बस्वे भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्ने बताइएको छ।
आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ।
यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेकाे छैन ।
उपनिर्वाचनको मुखमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर अफवाह फैलाइएको तथा व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयलाई पनि नकारात्मक तवरले प्रचार गरिँदा चुनावी परिणामममा त्यसले असर पारेको एमालेको प्रारम्भिक विश्लेषण छ।
स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो।