
केन्द्र सरकारलाई धराने मेयरकाे ४ लाइनकाे पत्र
विविध काम र कुरा अनि स्टाटस र शैलीका कारण चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ फेरि सरकारलाई लेखेकाे पत्रले चर्चामा आएका छन् ।
केही दिन अघि पत्रकारहरूलाई अपशब्द प्रयाेग गर्लै गाली र धम्की दिएपछि सर्बत्र आलाेचित भएका मेयर साङपाङ केही समय अगाडि विदेश जाँदा विधान र कार्यविधि मिचेर कार्यवाहक दिएको भन्दै आलाेचित भएका थिए ।
आफुलाई शिक्षित, अब्बल र सक्षम भनेर सधैं घमण्ड गरिरहने मेयर साङपाङ यसपटक संघीय सरकारकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रकाे भाषाले फेरि चर्चामा आएका हुन् । उनलेे आफ्नो नगरपालिकामा कार्यकारी अधिकृत नभएको र पठाइदिन माग गर्दै मन्त्रालयलाई लेखेकाे पत्र ४ लाइनकाे छ । पत्र छाेटाे मात्रै हाेईन गाउँले झर्रा लयमा छ ।
ल हेर्नुहाेस् पत्र
