कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखर पक्षले वहिष्कार गर्ने
सत्तारुढ दल नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन विवादित बन्ने देखिएको छ । आजबाट शुरु हुन लागेको कोशी प्रदेश सम्मेलन शेखर कोइराला पक्षले बहिष्कार गर्ने भएको छ ।
सम्मेलनको उद्घाटन पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् ।
सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो ।
संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका हुन् । अरु सबै नेताहरु विराटनगर पुगिसक्दा कोइराला चितवनतिरै रहेका छन् ।
कोइराला सभापतिपछिको दोश्रो वरियतामा रहेकाले वरियता विवादका काराण् सम्मेलनमा सहभागी नहुने भएका एक नेताले बताए । पार्टीको दोस्रो वरीयतामा उपसभापति पुर्णबहादुर खड्का रहेका छन् ।