देशैभर फाेरजी सेवा विस्तार गर्न सञ्चारमन्त्रीकाे निर्देशन
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्।
जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले सेवाप्रदायकसँग समन्व्य गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिएका हुन्।
उनले यस वर्ष जसरी भएपनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन दिए। उनले काठमाडौँ महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत जानकारी दिए। गुरुङले आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको उल्लेख गरे।
उनले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताए। सबै स्थानीय तह र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।