
रास्वपा सभापति लामिछानेलाई मध्येराती पाेखरा लगियाे
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्याइएकाे छ ।
काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको थियाे ।
चितवनमा लगिएका लामिछानेको समर्थनमा प्रदर्शन र झडप समेत भएपछि सुरक्षाको कारण देखाउँदै थाहै नदिई राती ३ बजे नै पाेखरा पुर्याईएकाे हाे ।
