यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सकियाे उपनिर्वाचन : माओवादी उत्साहित, सत्तारूढ दल कांग्रेस एमालेलाई धक्का. सकियाे उपनिर्वाचन: माओवादी उत्साहित, सत्तारूढ दल कांग्रेस एमालेलाई धक्का. मूलखबर संवाददाता काठमाडौं, १७ मंसिर मंसिर १६ गते सम्पन्न उपनिर्वाचनकाे सबै स्थानकाे नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार सत्तारूढ दलहरू पराजित र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र वीजयी भावमा देखा परेकाे छ ।. उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादीले जितेका ७ पद रिक्त रहेपनि सो पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा विजय हासिल गरेको छ । उसले झिनाे मतले कीर्तिपुर नगर प्रमुख र गाैरीशंकर गापा उपाध्यक्ष गुमाउन पुगेको छ ।. सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । यस आधारमा एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्न सफल भएको छ । तर, दुई पद जित्नुबाहेक एमालेले वडामा भने खासै प्रगति गर्न सकेन ।. सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो । उपनिर्वाचनबाट माओवादीको सुधारिएको नतिजा देखिँदा सत्तामा रहेका कांग्रेस र एमालेलाई धक्का लाग्न पुगेको नतिजाले देखाएको छ ।. यस्ताे छ नतिजा. उपनिर्बाचनको अन्तिम परिणाम: काङ्ग्रेस: १ मेयर र १६ वडा माओवादी: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडा एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडा जसपा: २ वडा नेकपा एस, नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडा. यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह जस्तो थियाे माओवादीले जितेकाे स्थानहरू – १. अध्यक्ष – ग्रामथान गाउपालिका, माेरङ २. उपमेयर – नलगाढ नगरपालिका, जाजरकोट ३. उपाध्यक्ष – पुथा उत्तरगंगा गापा, रूकुमपुर्व, ४. उपाध्यक्ष – सर्केगाड गाउँपालिका, हुम्ला ५. वडाध्यक्ष- पुथा उत्तरगंगा, रूकुम पुर्व, ६. वडाध्यक्ष- गाेरखा नपा-५, ७. वडाध्यक्ष- धनुषाधाम १, ८. वडाध्यक्ष- ककनी ३, नुवाकाेट ९. वडाध्यक्ष- बेलका ९, उदयपुर १०. वडाध्यक्ष- त्रियुगा १२, उदयपुर ११. वडाध्यक्ष- त्रिपुरासुन्दरी ९, डाेल्पा.
सकियाे उपनिर्वाचन : माओवादी उत्साहित, सत्तारूढ दल कांग्रेस एमालेलाई धक्का
मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर
मंसिर १६ गते सम्पन्न उपनिर्वाचनकाे सबै स्थानकाे नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार सत्तारूढ दलहरू पराजित र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र वीजयी भावमा देखा परेकाे छ ।
उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादीले जितेका ७ पद रिक्त रहेपनि सो पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा विजय हासिल गरेको छ । उसले झिनाे मतले कीर्तिपुर नगर प्रमुख र गाैरीशंकर गापा उपाध्यक्ष गुमाउन पुगेको छ ।
सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । यस आधारमा एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्न सफल भएको छ । तर, दुई पद जित्नुबाहेक एमालेले वडामा भने खासै प्रगति गर्न सकेन ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो । उपनिर्वाचनबाट माओवादीको सुधारिएको नतिजा देखिँदा सत्तामा रहेका कांग्रेस र एमालेलाई धक्का लाग्न पुगेको नतिजाले देखाएको छ ।
यस्ताे छ नतिजा
उपनिर्बाचनको अन्तिम परिणाम:
काङ्ग्रेस: १ मेयर र १६ वडा
माओवादी: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडा
एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडा
जसपा: २ वडा
नेकपा एस, नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडा
यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह जस्तो थियाे
माओवादीले जितेकाे स्थानहरू –
१. अध्यक्ष – ग्रामथान गाउपालिका, माेरङ
२. उपमेयर – नलगाढ नगरपालिका, जाजरकोट
३. उपाध्यक्ष – पुथा उत्तरगंगा गापा, रूकुमपुर्व,
४. उपाध्यक्ष – सर्केगाड गाउँपालिका, हुम्ला
५. वडाध्यक्ष- पुथा उत्तरगंगा, रूकुम पुर्व,
६. वडाध्यक्ष- गाेरखा नपा-५,
७. वडाध्यक्ष- धनुषाधाम १,
८. वडाध्यक्ष- ककनी ३, नुवाकाेट
९. वडाध्यक्ष- बेलका ९, उदयपुर
१०. वडाध्यक्ष- त्रियुगा १२ , उदयपुर
११. वडाध्यक्ष- त्रिपुरासुन्दरी ९, डाेल्पा