यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी. एनपिएल: बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी. चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।. बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।. चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल र रवि बोपराले ११/११ तथा सरद भेषवाकारले अविजित ११ रन बनाउनुभयो ।. बलिङमा काठमाडौँका साहब आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । डन डाउथवेट र जेरार्ड इरासमसले एक एक विकेट झार्नुभयो ।. यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाउनुभयो ।. यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाउनुभयो । काठमाडौँको ब्याटिङ धराशायी बनाउन बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिनुभयो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो ।. सोहेलले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ एनपिएलको एउटै इनिङ्समा सर्वाधिक पाँच विकेट लिने पहिलो खेलाडी पनि बन्नुभएको छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले विराटनगर किङ्सविरुद्ध तीन विकेट लिनुभएको थियो ।.
एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
मूलखबर संवाददाता
काठमाडौं
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल र रवि बोपराले ११/११ तथा सरद भेषवाकारले अविजित ११ रन बनाउनुभयो ।
बलिङमा काठमाडौँका साहब आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । डन डाउथवेट र जेरार्ड इरासमसले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाउनुभयो ।
यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाउनुभयो । काठमाडौँको ब्याटिङ धराशायी बनाउन बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिनुभयो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो ।
सोहेलले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ एनपिएलको एउटै इनिङ्समा सर्वाधिक पाँच विकेट लिने पहिलो खेलाडी पनि बन्नुभएको छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले विराटनगर किङ्सविरुद्ध तीन विकेट लिनुभएको थियो ।