यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा विमानस्थल करिब ४५ मिनेट बन्द. मूलखबर संवाददाता काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि खुलेको छ ।. प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् ।. प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा विमानस्थल बन्द गरिएको थियो । अहिले ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ । उक्त जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भयो ।. प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड भए । अब क्रमशः यी विमानहरू अवतरण भइरहेका छन् ।.
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा विमानस्थल करिब ४५ मिनेट बन्द
मूलखबर संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि खुलेको छ ।
प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा विमानस्थल बन्द गरिएको थियो । अहिले ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ । उक्त जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भयो ।
प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड भए । अब क्रमशः यी विमानहरू अवतरण भइरहेका छन् ।