
उपनिर्वाचन : ६२ प्रतिशत मत खस्याे, मतगणना जारी, माओवादीले बढाउँदै प्रभाव
स्थानीय तकाे उपनिर्वाचनकाे मतगणना जारी छ । हिजाे सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयाेगले जनाएको छ ।
पछिल्लो मत गणना अनुसार माेरङकाे ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उमेदवार नमाेनारायण माझी जित नजिक पुगेका छन् । उनले ५८२० मत ल्याउँदा कांग्रेसले ४२३८ र एमालेफे २३५८ मत ल्यनएका छन् ।
हालसम्म माओवादी केन्द्रले नुवाकोट, गाेरखा, धनुषा, रूकुम, उदयपुर, माेरङलगात ८ वटा वडामा वडाध्यक्षमा निर्वाचन जितेकाे छ । नेपाली कांग्रेसले ४ र एमालेले ७ वटा वडामा जितेेकाे छ ।
ताजा अपडेट
माओवादी केन्द्रले विजय हासिल गरेका स्थानीय तह –
१) कृष्ण घिमिरे-वडा अध्यक्ष
ककनी गाउँपालिका २, नुवाकोट
१०८५
२) नविन कुमार वान्तवा राई-वडा अध्यक्ष
त्रियुगा नगरपालिका १२, उदयपुर
९२३
३) शुनिल कापर केवट-वडा अध्यक्ष
धनुषाधाम नगरपालिका १, धनुषा
६८४
४) बिष्णु बहादुर मगर-वडा अध्यक्ष
गोरखा नगरपालिका ५, गोरखा
४८६
माओवादीले अग्रता लिएका स्थानीय तह –
१) ग्रामथान गाउंपालिका अध्यक्ष, मोरङ
२) नलगाड नगरपालिका उप-प्रमुख, जाजरकोट
