
माैन अवधि उलंघन गरेकाे भन्दै कीर्तिपुर मेयरका २ उमेदवारविरूद्व आयाेगमा उजुरी
मंसिर १६ गते हुन लागेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे माैन अवधि शुरू भएपछि मतदातालाई प्रभावित हुनेगरी भाेज भतेर खुवाएकाे भन्दै कीर्तिपुर नगरपालिकाका मेयर पदका दुइजना उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी परेको छ ।
मेयर पदमा कांग्रेसबाट उमेदवार भएका कृष्णमान डंगाेल र एमालेका उमेदवार डा. सुरेन्द्र मानन्धरविरूद्व निर्वाचन कार्यलय काठमाडौंमा उजुरी परेकाे हाे ।
निर्वाचन आयाेगले मंसिर १३ गते राति १२ बजेदेखी माैन अवधि घाेषणा गरेर निर्वाचन प्रचारप्रसारलगायतका सबै गतिविधिमा राेक लगाएपछि पनि उनीहरूले मतदातालाई ठूलाे संख्यामा जम्मा गरि भाेज खुवाएकाे भन्दै वडा नं १० का मतदाता हिराबहादुर महर्जनले उजुरी दिएका हुन् ।
उजुरीमा डंगाेलले वडा नं ७ काे इटागाेलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेन्टमा र मानन्धरले वडा नं १० काे सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेन्टमा मतदाताहरूलाई जम्मा गरि भाेज खुवाएका उल्लेख गर्दै उनीहरूलाई आचारसंहिता उलंघनमा कार्वाहि माग गरेका छन् ।
उजुरीमा भनिएकाे छ- `निर्वाचन आचारसंहिता र निर्वाचन ऐन विपरित माैन अवधिमा ठूलाे मतदाता संख्या बाेलाई भाेजभतेर खुवाई मतदाता प्रभावित तुल्याउने कार्य गरेकाे प्रमाण फेला परेकाले कारवाही गरिपाउँ ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।
कीर्तिपुर नगरपालिकाकाे मेयर पदमा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन उमेदवार रहेका छन् भने नेकपा एमालेबाट विद्राेह गरेका स्वतन्त्र उमेदवार राजमानसहित पनि मैदानमा छन् ।
के गर्न पाइदैन माैन अवधिमा ?
आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ। त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ।
