जनसंख्या सम्मेलनमा बसाइँसराइ लगायतका समस्याबारे गम्भीर विमर्श
नेपालमा पहिलाेपटक आयाेजना गरिएको अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलनमा बसाइँसराइकाे अवस्था र त्यसले सामाजिक आर्थिक अवस्थामा पारेकाे प्रभावबारे बहस भएको छ । सम्मेलनमा नेपालमा आगामी दिनमा लिनुपर्ने जनसंख्या नीतिबारे पनि छलफल शुरू भएको छ ।
राजधानीकाे साेल्टी हाेटलमा जारी छैटौं एशियाली जनसंख्या सम्मेलनमा विभिन्न देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूद्वारा प्रस्तुत गरिएका कार्यपत्रमा विश्वका जनसंख्याको अवस्था र व्यवस्थापनका नीति र अनुभवसहित नेपालकाे बारेमा छलफल अगाडि बढाईएकाे हाे ।
संघीय राजधानी काठमाडौंकाे साेल्टी हाेटलमा चार दिनसम्म चल्ने सम्मेलनमा ३४ वटा देशका ५०० भन्दा बढी प्रतिनिधीहरु सहभागी भएका छन् ।
एशियन जनसंख्या संघ (एपिए) मुख्य आयाेजक र स्थानीय आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग रहेकाे साे कार्यक्रममा ४ सय बढि कार्यपत्र प्रस्तुत गरिने आयाेजकले बताएका थिए ।
सम्मेलनकाे दाेश्राे दिन विहानदेखी नै कार्यपत्र प्रस्तुतिकरण र छलफल चलेको थियाे । कार्यपत्र विशेष गरेर विश्वकाे जनसंख्याकाे अवस्था, तथ्यांक विश्लेषण, मातृस्वास्थ्य, प्रजनन, बा जन्म र मृत्युदर, जनसंख्या वृद्धि, जनसंख्या व्यवस्थापनका विधि, विश्वभर बढ्दै गरेकाे बसाइँसराइ, बढ्दाे बृद्धअबश्था , सामाजिक सुरक्षा भत्ता र राज्यकाे दायित्व लगायतका १७ वटा विधाहरू समेटिएकाे त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङले जानकारी दिनुभयाे ।
उहाँअनुसार एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन्। गुरुङका अनुसार सम्मेलनमा १७ वटा अलग विषयमा कार्यपत्रहरु प्रष्तुत भइरहेका छन्। एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन भएका छन् । साेल्टी हाेटलकाे माल्सिरि हल, माल्भा हल, मादभी हलमा सेसनहरू चलिरहेका छन् । एकैदिनमा २५ वटा भन्दा बढि सेसनहरु सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो।
सम्मेलनकाे उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्नुभएको थियाे भने कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा विशेष अतिथिकाे रूपमा सहभागी हुनुभएको थियाे । साे क्रममा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी भएका थिए ।
सम्मेलन मंसिर १५ गते शनिबार सम्पन्न हुनेछ ।