
माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै, उपनिर्वाचन र केन्द्रीय समिति बैठक मुख्य एजेन्डा
नेकपा माओवादी केन्द्रकाे केन्द्रीय पदाधिकारी समितिकाे बैठक आज बस्दैछ ।
उपनिर्वाचन र आगामी केन्द्रीय समिति बैठकबारे विशेष निर्णय गर्नका लागि साेमबार बस्न लागेकाे पदाधिकारी बैठक पुर्व सभामुख दमननाथ ढुंगानाकाे निधनका कारण एक दिन ढिला भएको हाे ।
बैठक आज ४ बज बस्ने बताइएको छ ।
