
पुर्व सभामुख ढुंगानाकाे शाेकमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय, कर्मचारी अन्याेलमा
हिजाे निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको जनाए ।
त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले कार्यलय समय १० बज्न केही मिनेट बाँकी हुँदा सार्वजनिक विदा घाेषणा गरेपछि कार्यलय पुगिसकेका र बाटाेमा रहेका कर्मचारी र सेवाग्राही अन्याेलमा परेका छन् ।
