रवी लामिछाने विरूद्व काठमाडौं अदालतले पनि जारी गर्याे पक्राउ पुर्जी

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनीसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको निवेदनमा अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न आइतबार लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएसँगै दुवैलाई छिट्टै कास्कीबाट झिकाएर बयान लिने तयारी प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका क्रममा लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । हिरासतमै रहेका बेला बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।