
उपनिर्वाचनमा नेसपाद्वारा माओवादी उमेदवारलाई समर्थन
मंसिर १६ गते हुने उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रका उमेदवारलाई समर्थन गर्ने बताएको छ ।
पार्टीको तर्फबाट महासचिव रमेश प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा गाेलाकार भित्रकाे हँसियाहथौडा चिन्हमा यश अघिका निर्वाचनमा पनि आफुहरू सहभागी भएकोले यसपटकको उपनिर्वाचनमा पनि माओवादी केन्द्रले लिएको चिन्ह नै आफ्नो पार्टीको चुनाव चिन्ह भएको बताइएको छ ।
याादवले विज्ञप्तिमा अहिलेकाे उपनिर्वाचनमा सबैले माओवादी केन्द्रका उमेदवारलाई साेही चुनाव चिन्हमा मतदान गरि विजय गराउन अपिल गरेक छन् ।
