रवि लामिछानेको बयान सकियाे, आज पाेखरा फर्काइने

मूलखबर संवाददाता
बुटबल, ३० कात्तिक

पुर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो ।

उनलाई दुइदिनसम्म ७० वटा लिखित प्रश्न साेधिएकाे र लामिछानेले इन्कारी बयान दिएकाे वकिलले जानकारी दिएका छन् ।

लामिछानेको गिरफ्तारी सरकारकाे पुर्वाग्रह व्यवहार भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले लगातार आन्दाेलन र विराेध प्रदर्शन गरिरहेकाे छ ।