
दार्चुलामा बिहानै जिप खसेर दुर्घटना : ६ काे मृत्यु, ७ घाइते
फेरि सडक दुर्घटनाकाे खबर आएको छ । दार्चुलामा बिहान सबेरै जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते छन् ।
शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे । जिप १०० मिटर तल खसेको थियाे ।
