
लामिछानेसँग ५० भन्दा बढि प्रश्नमा ९ घण्टा बयान, लामिछानेले गरे आराेप अस्वीकार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई रूपन्देही जिल्ला सरकारी वकिलकाे कार्यलयमा ९ घण्टा बयान लिइएको छ ।
जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूले लामिछानेसँग ब्यान लिएका थिए। स्रोतका अनुसार सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतसँग सम्बन्धित रहेर उनीहरूले लामिछानेसँग ५० भन्दा बढी प्रश्न सोधेका थिए। सबाल जवाफमा लामिछानेले आरोप अस्विकार गर्दै आएका छन्।
सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए।
रविकाे स्वास्थ्य ठिक रहेकाे र उनमा हतारो र हतास मानसिकता नदेखिएको वकिलले बताएका छन् । उनी अत्यन्तै ढुक्कसँग बयान दिइरहेका छन् ।
