यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
टी-२० विश्वकप छनाैटमा नेपाली महिला टाेली युएईसँग भिड्दै. मूलखबर संवाददाता काठमाडौं, २८ कात्तिक नेपालले युएईमा जारी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा आज घरेलु टोली यूएईसँग खेल्दैछ ।. नेपाली समयअनुसार सेभेन्स स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुने उक्त प्रतिस्पर्धामा नेपालले सानदार प्रसतुति दिने दावी गरेको छ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ ।. प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।. प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।.
टी-२० विश्वकप छनाैटमा नेपाली महिला टाेली युएईसँग भिड्दै
मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक
नेपालले युएईमा जारी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
नेपाली समयअनुसार सेभेन्स स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुने उक्त प्रतिस्पर्धामा नेपालले सानदार प्रसतुति दिने दावी गरेको छ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।