
माओवादीको केन्द्रीय समिति बैठक पुस २ गते, मंसिरभरी खबरदारी सभा र पालिका सम्मेलन
प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई विजय गराउन पुरै तागत लगाउने निर्णय पनि बैठकले गरेको छ । सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको बताउनुभयो ।
साथै कांग्रेस एमाले गठबन्धनको सरकारले गरेको भ्रष्टाचार, वेथितिका विरुद्ध तथा सुशासनको पक्षमा पार्टीले शुरु गरेको खबरदारी सभालाइ पनि पालिका स्तरसम्मा विस्तार गर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रवक्ता सापकोटाले जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको बताउनुभयो ।
