थाहा नगरमा प्रचण्ड : जनताको भव्य स्वागत

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डलाई मकवानपुरको थाहा नगरपालिका १ स्थित ऐतिहासिक सास्कृतिक गोपाली वस्ती कुन्छालमा भव्य स्वागत गरिएको छ।

तीन सय घर परिवार रहेको यो बस्तीमा गोपाली समुदायको बसोबास रहेको छ भने सरकारले घोषणा गरेको सय पर्यटकीय स्थानमा पर्दछ।

प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको थियाे । बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।

प्रचण्ड  योङ्ग कम्युनिस्ट लिग नेपाल थाहा नगर दोस्रो अधिवेशनको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न त्यहाँ पुग्नुभएकाे थियाे ।