कक्षा ११ र १२ तथा स्नातकमा फेल भएका विद्यार्थीलाई सुनाैलाे अवसर

मूलखबर संवाददाता
काठमाडौं, २५ कात्तिक

के तपाईं वा तपाईंका काेही साथी २५ वर्षअघि ११ र १२ कक्षामा भर्ना भएर परीक्षामा फेल भएर पढाइ छाड्नुभएकाे छ ? यदि त्यसाे हाे भने अहिले माैका आएको छ, फेरि परीक्षा दिन पाउने ।

कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको हाे । आगामी मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने बोर्डले जनाएको छ ।

जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताए ।